• २०८३ मङ्सिर १ मंगलबार

वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रविधि र वैज्ञानिक पद्धतिमा जोड

वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रविधि र वैज्ञानिक पद्धतिमा जोड

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् ।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालामा वित्तीय अपराधको प्रमाण सङ्कलनदेखि न्यायिक फैसलासम्मका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रहरी अधिकारी, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरू सहभागी थिए। सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत विमोचन गरेका थिए ।

उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो प्रयोगलाई सम्बोधन गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति आवश्यक रहेको बताए । साथै, वित्तीय अपराध नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच समन्वय तथा सूचनाको आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै