• २०८३ कार्तिक ३० सोमबार

प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा

प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् ।

उनी नोभेम्बर २२ मा नयाँ दिल्ली पुग्ने र मंसिर ७ गतेदेखि औपचारिक भेटवार्ता तथा छलफलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । सोही दिन नेपाल–भारत द्विपक्षीय वार्ता हुने तयारी छ। वार्तामा सीमा सुरक्षा, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, खेलकुद, पूर्वाधार विकास र हवाई मार्गलगायत विषयमा छलफल हुने बताइएको छ ।

भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने र सो विषयमा सम्झौता हुनसक्ने बताइएको छ ।

यसैबीच, भारतीय रेल मन्त्रालयले जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले अयोध्या–जनकपुर रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री शाह मङ्सिर ७ गतेनै स्वदेश फर्किने बताइएको छ यद्यपी भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन भने अझै बाँकी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै