• २०८३ कार्तिक ३० सोमबार

रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु

रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु

रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले दिउँसो ४: ३० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा यमुनामाई–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहरका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन् । आकाशको गौरमै उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुवैको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै