• २०८३ कार्तिक ३० सोमबार

स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने

स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको निर्णायक चरणका लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीलाई टोलीमा भित्र्याएको छ ।

सुदूरपश्चिमले प्रतियोगिताको बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३३ वर्षीय मुन्सी बायाँहाते ओपनिङ ब्याटर हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले पावरप्लेमा तीव्र गतिमा रन बनाउन सक्छन् । उनले स्कटल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ७९ खेलमा २ हजार ७७७ रन र टी–२० अन्तर्राष्ट्रियमा ८८ खेलमा २ हजार ५९८ रन बनाएका छन्। दुवै प्रारूपमा उनले तीन–तीन शतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर १३२ रन हो । 

मुन्सीले सन् २०२५ को एनपीएलमा विराटनगर किङ्सबाट खेलेका थिए ।

सुदूरपश्चिमले मंगलबार हुने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै