• २०८३ कार्तिक ३० सोमबार

एनपीएलको प्लेअफको समीकरण पुरा

एनपीएलको प्लेअफको समीकरण पुरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

पोखराले दिएको २२५ रनको लक्ष्य पछाएको काठमाडौँले १९.५ ओभरमा अल आउट हुदै १६९ रन बनाएको हो । 

यसअघि  टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । 

योसँगै एनपीएलको जारी तेस्रो संस्करणको प्लेअफको समीकरणको टुंगो लागेको छ । अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायर्स खेल्ने भएका छन् । त्यस्तै काठमाडौँ गोर्खाज र चितवन राइनोजले इलिमिनेटर खेल्ने भएका छन् । 

पहिलो क्वालिफायर्स खेल मंगलबार हुने छ भने इलिमिनेटर खेल बुधबार हुने छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै