• २०८३ कार्तिक २९ आइतबार

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

काठमाडौँ । धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो ।

पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए । ब्रतालुले मुखारविन्दुबाट लोकभाखामा छठि मईयाको भक्तिमय गीत गाई अर्घ्य दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् ।  

यसरी नै सोमबार विहानै उदाँउदो सुर्यलाई सोही अर्घ्य दिई पर्वको समापन गरिनेछ । भनिन्छ चैति छठ गर्दा हरेक ब्रतालुको हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग जीवनमा कहिल्यै पनि नलाग्ने जनविश्वास रहदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै