• २०८३ कार्तिक २९ आइतबार

मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले

मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेलाको आयोजना गर्दैछ ।

त्यस्तै मङ्सिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्न लागेको छ भने मङ्सिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बस्न लागेको हो ।

मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरिदैछ भने मङ्सिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ । भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुने भएका छन् । 

त्यस्तै राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेला सकिएपछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने भएको छ ।

एमालेले तीन केन्द्रीय स्तरका कार्यक्रमपछि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम र आगामी स्थानीय तहको निर्वाचित केन्द्रित पार्टीका गतिबिधि अगाडी बढाउने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै