• २०८३ कार्तिक २८ शनिबार

गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो

गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङ र यारु क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ ।

बिहान करिब ९ बजे यारु पुलनजिक खसेको पहिरोका कारण उक्त क्षेत्रको सडक तथा पैदलमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार पहिरोका कारण हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको अवस्था बुझ्न प्रहरी टोली परिचालन गरिएको छ ।

पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा खसेको र नदीको बहाव भने अवरुद्ध नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै