• २०८३ कार्तिक २७ शुक्रबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ७८ लाख ४४ हजार २६७ कित्ता शेयर ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, हाइड्रो, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी स्वेत गङ्गा हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ भने साम्लिंग पावरको शेयर ५.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको ४० करोड बराबरको कारोबार भएको छ भने स्वेत गंगा हाइड्रोको १६ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै