• २०८३ कार्तिक २७ शुक्रबार

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

काठमाडौँ । चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

बे ओभलमा भएको खेलमा ३३४ रनको लक्ष्य पछ्याएको भारत २६.४ ओभरमा ८९ रनमै समेटिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विल यङको शतकीय इनिङ्सको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३३३ रन बनाएको थियो । यङले १०८ बलमा १२५ रन बनाए । त्यस्तै टिम साइफर्टले ५८ र फिन एलेनले ४१ रनको योगदान दिएका थिए ।

३३४ रनको लक्ष्य पछ्याएको भारतका लागि इशान किशनले सर्वाधिक २७ रन बनाए। भारतीय ब्याटरहरू न्युजिल्यान्डका बलरसामु टिक्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले घातक बलिङ गर्दै २७ रन खर्चिएर ६ विकेट लिए ।

यस जितसँगै न्युजिल्यान्डले पाँच खेलको एकदिवसीय शृङ्खलामा भारतसँगको दूरी २–१ मा झारेको छ । यसअघि भारतले पहिलो दुई खेल जितेको थियो भने तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

अब सिरिजको पाँचौं खेल आइतबार हुने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै