• २०८३ कार्तिक २४ मंगलबार

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चालक गम्भीर घाइते

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–९ का २० वर्षीय मोटरसाइकल चालक दिक्षित श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रिदम थापा घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएका थापाको उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै