काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड आज बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ।
बिहान करिब साढे ४ बजे ठूलो पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको हो । पहिरो हटाउन अहिले पाँच वटा मेसिन परिचालन गरिएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा करिब तीन घण्टाभित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।
यसअघि आइतबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो ।









