• २०८३ कार्तिक २३ सोमबार

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदैछन् । आज साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् । चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौँले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै