• २०८३ कार्तिक १९ बिहीबार

एक लाख घुससहित भूमि प्रशासन कार्यालयका नासु पक्राउ

एक लाख घुससहित भूमि प्रशासन कार्यालयका नासु पक्राउ

सर्लाही । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मोही कायम भएका जग्गा नामसारी गराउने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले तिमलसिनालाई सेवाग्राहीबाट घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित बुधबार भूमि प्रशासन कार्यालय, सर्लाहीबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई आज विशेष अदालतको आदेशबाट घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै