• २०८३ कार्तिक १९ बिहीबार

आइपिएल टिम चेन्नई र सनराइजर्सबीच खेलाडी ट्रेड

आइपिएल टिम चेन्नई र सनराइजर्सबीच खेलाडी ट्रेड

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी सिजनअघि चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच खेलाडी साटफेर भएको छ । चेन्नईले खालिल अहमद र नाथन एलिसलाई हैदराबाद पठाएर लियाम लिभिङस्टोन र ज्याक एडवार्ड्सलाई टोलीमा भित्र्याएको छ ।

गत सिजनको खेलाडी लिलामीमा हैदराबादले १३ करोड भारतीय रुपैयाँमा किनेका लिभिङस्टोन अब ६ करोड भारुमा चेन्नईमा आबद्ध हुनेछन् । अस्ट्रेलियाका तीव्र गतिका बलिङ अलराउन्डर एडवार्ड्स भने तीन करोड रुपैयाँकै पारिश्रमिकमा चेन्नई जानेछन् ।

सन् २०२६ को लिलामीमा एडवार्ड्सलाई भित्र्याउन हैदराबादले चेन्नईलाई पछि पारेको थियो । तर, खुट्टामा चोट लागेका कारण उनले पूरै सिजन गुमाएका थिए । उनी अघिल्लो लिलामीमा अनुबन्धित हुने एकमात्र टोलीबाहिरका नयाँ विदेशी खेलाडी थिए ।

आगामी आइपिएलको खेलाडी रिलिज र रिटेन नोभेम्बर १७ सम्म तोकिएको छ भने खेलाडीको अक्सन डिसेम्बर १६ मा गोवामा हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै