काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।
विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री शाहलाई भेटेपछि मिश्री रास्वपा सभापति रवि लामिछानेसँग भेट गर्दैछन् ।
मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री बुधबार नेपाल आएका थिए । उनी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किने तालिका छ ।









