• २०८३ कार्तिक १९ बिहीबार

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाको २३९ करोड खर्च, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाको २३९ करोड खर्च, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

विभागको कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको महानिर्देशक दिनेश रजौरियाले बताएका छन् ।

पहिलो त्रैमासिकमा महाकाली सिँचाइ आयोजनाले भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।

त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टाले ८०.२ प्रतिशत र रानी जमरा कुलरियाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन् । यी चार ठूला आयोजनामा मात्रै १३९ करोड रुपैयाँ खर्च भएको छ, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।

विभागका अनुसार प्रगन्ना–बड्कापथ आयोजनाले ८८.२ प्रतिशत प्रगति गरेको छ भने गहिरो नलकूप सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।

महानिर्देशक रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट र काम दुवै अघि बढेको बताउँदै दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि तीव्र गतिमा अघि बढाउने प्राथमिकता रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै