• २०८३ कार्तिक १८ बुधबार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् ।

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

डा. केसीले गेटामा आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज, पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन र यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै