• २०८३ कार्तिक १८ बुधबार

भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे

भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् । 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मिस्रीले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यभोजसहित हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको समीक्षा तथा सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि मिस्री नयाँदिल्ली फर्कने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै