• २०८३ कार्तिक १७ मंगलबार

चलचित्र ‘पाँच पाण्डव’ को विवाद बारे हरिवंश आचार्यले के भने ?

चलचित्र ‘पाँच पाण्डव’ को विवाद बारे हरिवंश आचार्यले के भने ?

काठमाडौं । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेका टीका–टिप्पणी तथा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

आचार्यले चलचित्र प्रदर्शनमा आउन बाँकी रहेको र यसको पूर्ण कथावस्तु दर्शकसमक्ष प्रस्तुत हुन बाँकी नै रहेकाले केही गीत, दृश्य वा प्रचार सामग्रीका आधारमा समग्र चलचित्रबारे धारणा बनाउनु न्यायोचित नहुने बताएका छन् ।

उनका अनुसार ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रमा महाभारतबाट एउटा सानो विम्ब मात्र ग्रहण गरिएको र केही पात्रका नाम कथाको सन्दर्भमा प्रयोग गरिएको उनले स्पष्ट पारेका छन् ।

उनले भनेका छन्- '‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र हो, जसमा महाभारतबाट एउटा सानो विम्ब मात्र ग्रहण गरिएको छ। यसमा महाभारतका केही पात्रहरूको नामलाई कथाको सन्दर्भमा मात्र प्रयोग गरिएको छ। साथै, चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश गरिएको छैन ।' 

उनले दर्शक, शुभचिन्तक तथा सरोकारवालालाई चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुति बुझेर मात्र आफ्नो धारणा व्यक्त गर्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै