• २०८३ कार्तिक १७ मंगलबार

वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङकी २० वर्षीया आशिका सिम्खडा, उदयपुरका ४६ वर्षीय विष्णु खत्री, सिन्धुलीका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, गोरखाका ३८ वर्षीय राजेश बराम र ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।

प्रहरीका अनुसार आशिकाले बेलायत पठाइदिने भन्दै ७ लाख ५० हजार, विष्णुले माल्टा पठाइदिने भन्दै ६ लाख, दिनेशले संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै २ लाख, राजेशले सिंगापुर पठाइदिने भन्दै दुई जनाबाट १५ लाख ५० हजार र छिरिङले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट ७ लाख ४० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका–१६, विष्णुलाई वडा नम्बर ३२, दिनेशलाई वडा नम्बर १२, राजेशलाई वडा नम्बर ६ र छिरिङलाई गोकर्णेश्वर नगरपालिका–३ बाट पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै