मकवानपुर । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका–१ रजुवाका २६ वर्षीय रामशरण भोम्जन पक्राउ परेका छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









