• २०८३ कार्तिक १६ सोमबार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो । उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै