काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज सोमबार बस्ने भएको छ ।
समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको हलमा बस्नेछ। बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिसँग विपद्पछि गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ ।
समितिले विपद्पछिको अवस्थाबारे प्राधिकरणबाट जानकारी लिएर उद्धार तथा पुनर्निर्माणका कामको प्रगति समीक्षा गर्ने जानकारी दिएको छ ।









