• २०८३ कार्तिक १५ आइतबार

देउवा समुहले मल्ललाई दियो नेविसंघ अध्यक्षको जिम्मेवारी

देउवा समुहले मल्ललाई दियो नेविसंघ अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल विद्यार्थी संघको अध्यक्षमा सृजना मल्ललाई मनोनीत गरेको छ ।

नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवशेन तयारी समितिका संयोजक डा.  शशांक कोइरालाले नेबिसंघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको जानकारी दिएका छन् ।

पार्टीको विधानको धारा ४२(१) बमोजिम विद्यार्थी संघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको पत्रमा उल्लेख छ । मल्ललाई आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै