काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।
जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए ।
त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए ।









