• २०८३ कार्तिक १५ आइतबार

कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट

कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् ।

पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संघीयता कार्यान्वयनमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका छन् ।

भेटमा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बीच प्रदेशको विकास र स्थिरताका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै संवैधानिक तथा कानुनी व्यवस्था व्यवस्थित बनाउन खापुङले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै