• २०८३ कार्तिक १५ आइतबार

सुन एकैदिन तोलाको ८ हजार ३०० रुपैयाँले घट्यो

सुन एकैदिन तोलाको ८ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३८२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै