काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने लुम्बिनी, बागमती र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने कोशीमा २१ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा ३१ जना र गण्डकीमा १३ जना घाइते भएका छन् ।









