• २०८३ कार्तिक १४ शनिबार

अविरल वर्षाले तीन राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध

अविरल वर्षाले तीन राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गका केही स्थानमा सडक अवरुद्ध भएका छन्। सडकमा लेदो, गेग्रान तथा पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको हो ।

प्राप्त विवरणअनुसार बीपी राजमार्गअन्तर्गत पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा हुँदा सडक अवरुद्ध भएको छ । अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ ।

त्यस्तै, कान्ति राजमार्गको मकवानपुर खण्डमा यातायात सञ्चालनमा रहे पनि ललितपुरको छपेलीलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । ती स्थानमा पनि अवरोध हटाउने काम भइरहेको छ ।

मालढुङ्गा–बेनी–जोमसोम सडकअन्तर्गत लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । वर्षा जारी रहेकाले मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ ।

अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग र मातहतका डिभिजन कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ । सडक खुलाउने काम भइरहेको भए पनि वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखेर यात्रा गर्न सरकारले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै