• २०८३ कार्तिक १४ शनिबार

विश्व शहरीकरण दिवस आज मनाइदै

विश्व शहरीकरण दिवस आज मनाइदै

काठमाडौं । विश्व शहरीकरण दिवस आज अक्टोबर ३१ मा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रमको ‘सहरी अक्टोबर’ अभियानको समापनका रूपमा मनाइने यस वर्षको दिवसको नारा ‘सहरको पुनरुत्थान : सबैका लागि पर्याप्त आवास’ रहेको छ ।

यस वर्ष चीनको फुझाउ सहरलाई विश्वस्तरीय आयोजक सहरका रूपमा चयन गरिएको छ । आवासको अभाव, अव्यवस्थित बस्ती र आधारभूत सेवाको पहुँचजस्ता समस्यालाई सम्बोधन गर्दै सहरी क्षेत्रको पुनर्विकासमार्फत सुरक्षित र सुलभ आवास उपलब्ध गराउने विषयमा छलफल केन्द्रित हुनेछ ।

विश्वभर करिब ३ अर्ब ४० करोड मानिस पर्याप्त आवास वा आधारभूत सेवाबाट वञ्चित रहेको तथ्यलाई ध्यानमा राख्दै सहरी पूर्वाधार, सार्वजनिक स्थल र आवास सुधार गर्दा स्थानीय बासिन्दा विस्थापित नहुने तथा आवास महँगो नबन्ने विषयलाई प्राथमिकता दिइनेछ ।

अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म फुझाउमा विभिन्न छलफल, प्रदर्शनी, अन्तरक्रिया तथा सहर अवलोकन कार्यक्रम सञ्चालन हुने बताइएको छ । कार्यक्रममा दिगो सहरी विकासमा योगदान पुर्‍याएका सहरलाई ‘साङ्घाई पुरस्कार’ प्रदान गरिने कार्यक्रमसमेत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै