• २०८३ कार्तिक १४ शनिबार

आजको मौसम: चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने

आजको मौसम: चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिने जानकारी दिएको छ ।

हाल देशभर अधिकांश बादल लाग्नेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको समभावना छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै