• २०८३ कार्तिक १३ शुक्रबार

पत्रकार पक्राउको विरोध गर्दै सरकारलाई कदम सच्याउन कांग्रेस महामन्त्री पौडेलको आग्रह

पत्रकार पक्राउको विरोध गर्दै सरकारलाई कदम सच्याउन कांग्रेस महामन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन् । 

समाचारप्रति असहमति भए त्यसको निरूपण गर्ने कानुनी बाटा हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्नु विधिको शासनविपरीत हुने उनको भनाइ छ । उनले पक्राउ गरिएका पत्रकारलाई तत्काल ससम्मान रिहा गर्न तथा सञ्चारगृहमा हुने अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न माग गरेका छन् ।

पौडेलले आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न सरकारलाई आग्रह गर्दै पत्रकारमाथि भएका घटनाको कानुनी प्रक्रियाबाट निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै