• २०८३ कार्तिक १३ शुक्रबार

सरुवा निर्णय कार्यान्वयन नगर्ने तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

सरुवा निर्णय कार्यान्वयन नगर्ने तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौं । सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आर्थिक अधिकार रोक्का गरेको हो । 

मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी पुरानै स्थानीय तहमा कार्यरत रहँदै आएका थिए भने नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइएको थिएन ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ ।

साथै, आर्थिक अधिकार रद्द गरिएको जानकारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै