• २०८३ कार्तिक १२ बिहीबार

सोमपाल र गुलशनले कर्णालीलाई जिताए, विराटनगरको दोस्रो हार

सोमपाल र गुलशनले कर्णालीलाई जिताए, विराटनगरको दोस्रो हार

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।

विहिबार सम्पन्न दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो ।

विराटनगर किंग्सले दिएको १८७ रनको विशाल लक्ष्य पछाएको कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । कर्णालीका लागि कप्तान सोमपाल कामीले अविजित ६२ रनको शानदार पारी खेलेका थिए । सोमपालले ३२ बलमा ६२ रन बनाएका थिए । त्यस्तै पवन सराफले ३६, अरिफुल इस्लामले ३२ र गुलशन झाले अविजित २८ रनको योगदान दिएका थिए ।

त्यस्तै, विराटनगरका बलर एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने सन्दीप लामिछाने, प्रतिष जिसी र चारिथ असलंकाले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए । बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए । त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए । त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए ।  त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

यो जितसँगै कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै