• २०८३ कार्तिक १२ बिहीबार

विराटनगर किंग्सले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

विराटनगर किंग्सले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो ।

विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए । बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए । त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए । त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए । 

त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै