मकवानपुर । भीमफेदी गाउँपालिका–८, ईपादेउरालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
विहिबार बिहान करिब ७: ३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६३ वर्षीया लिलादेवी खत्रीको मृत्यु भएको हो ।
बसबाट ओर्लिएपछि अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









