सुर्खेत । गुर्भाकोट नगरपालिका–९ भालुखोलास्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ ।
भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार गुर्भाकोट नगरपालिका–९, बोटेचौरका २८ वर्षीय बिमल रानाको मृत्यु भएको हो। ट्याक्टरको अगाडिको भागले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश बि.क.लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।









