• २०८३ कार्तिक १२ बिहीबार

कांग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको शपथ आज हुदै

कांग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको शपथ आज हुदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ । 

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने कार्यक्रममा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन् ।

निर्वाचन समितिका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरी पदबहाली गराइनेछ । महाधिवेशनबाट सभापतिमा गगन थापा ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन् ।

नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ । बैठकमा महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने तथा आगामी जिल्ला र प्रदेश अधिवेशनबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै