• २०८३ कार्तिक ११ बुधबार

आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान दिउसो १ बजेदेखि सिंहदरबारमा बस्ने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) र समितिको कार्यादेश  अनुसार विषय विज्ञहरु छनोट सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको पनि बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि शुरु हुने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै