• २०८३ कार्तिक १० मंगलबार

नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गर्नु गलत- प्रदीप पौडेल

नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गर्नु गलत- प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नु उचित नभएको बताएका छन् ।

पौडेलले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन् । यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने उनको भनाइ छ ।

उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै ती प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन् । ती विषयमा स्पष्टता नआएसम्म सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न नसक्ने पौडेलको टिप्पणी छ ।

सरकारलाई विरोध नभई सुझाव दिएको बताउँदै पौडेलले राति नागरिकलाई पक्राउ गरेर पछि छाड्ने कार्यशैलीको आलोचना गरेका छन् । गलत निर्णय भएको भए त्यसलाई सच्याउने साहस देखाउनुपर्ने भन्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउने नभई उनीहरूका प्रश्नको जवाफ दिन सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै