काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर १२.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनिलिभरको शेयर ४.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २८ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।









