• २०८३ कार्तिक १० सोमबार

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले १७.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २७ रन बनाए भने अनिल खरेलले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा  सस्तैमा समेटिएको थियो ।

सुदूरपश्चिमको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए । त्यस्तै तिलक भण्डारी, रोहित पौडेल र शाडली भान स्कालक्वीकले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै