• २०८३ कार्तिक १० सोमबार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा उनले कैलालीको चौमालास्थित मालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्राप्ताङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेस गरेको आरोप छ। उक्त प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवक पदमा रही ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको दाबी छ ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाहीको माग गर्दै आज काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगले उक्त कानुनी व्यवस्थाअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै