काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्री हस्तान्तरण गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।
सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्रीले सरकारको अनुसन्धान तथा डीएनए परीक्षण गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।









