• २०८३ कार्तिक १० सोमबार

दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार

दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर ५.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर ७.९२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २३ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २० करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै