बर्दिया । आफ्नै बुबा ५० वर्षीय कालु राम थारूको हत्या गरेको अभियोगमा राजापुर नगरपालिका-३ सेन्द्रा बस्ने राजेन्द्र थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले कुटपिट गर्दा कालु राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका कालु रामको संजिवनी कलेज अफ मेडिकल साईन्सेस नेपालगंज बाँकेमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









