• २०८३ कार्तिक १० सोमबार

खोटाङमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते, एक पक्राउ

खोटाङमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते, एक पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन् ।

स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अञ्जना राई रहेकी छन्। उनको टाउकोको पछाडिको भागमा चोट लागेको छ र अवस्था गम्भीर रहेको छ। त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

यसैगरी, नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ भने उनको अवस्था पनि गम्भीर रहेको छ।

घाइते चारै जनालाई उपचारका लागि दुर्छिमस्थित नगर अस्पतालमा लगिएको छ। उनीहरूको उपचार भइरहेको छ ।

धारिलो हतियार प्रहार गरेको आरोपमा नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै