• २०८३ कार्तिक १० सोमबार

एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा

एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल एक्समा लाइक बटन केही समय थिचेर पोस्टका क्रियटरलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने बताएका छन् । प्रस्तावित सुविधामार्फत प्रयोगकर्ताले आफूलाई मन परेको सामग्रीका सर्जकलाई सहजै आर्थिक सहयोग गर्न सक्नेछन् ।

मस्कका अनुसार लाइक बटन लामो समयसम्म थिच्दा एक्स मनीमार्फत एक डलर पठाउने विकल्प सक्रिय हुनेछ । यसबाट प्रयोगकर्ताले अर्को भुक्तानी प्रणाली प्रयोग नगरी एक्सभित्रै सामग्री सर्जकलाई सहयोग गर्न सक्नेछन् ।

यो सुविधा कहिलेदेखि लागू हुने र भुक्तानीका लागि कस्ता सर्तहरू पूरा गर्नुपर्ने हुन्छ भन्नेबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

एक्स मनीको व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा भने अमेरिकामा उपलब्ध गराइएको छ। यससँगै एक्सले भिसा डेबिट कार्डको सुविधा पनि दिएको छ ।

एक्सलाई सामाजिक सञ्जाल, सन्देश आदानप्रदान र डिजिटल भुक्तानीलगायत सेवा एउटै माध्यमबाट उपलब्ध गराउने ‘सबै सेवाको एप’ बनाउने मस्कको योजनाअन्तर्गत यो सुविधा अघि सारिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै