• २०८३ कार्तिक ९ आइतबार

यस्तो छ आजको मौसम पूर्वानुमान ?

यस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै